नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक बस्दै

काठमाण्डौ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बस्दै छ । बिहान १० बजे होटेल मेरियटमा बैठक सुरु हुनेछ ।

बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल भ्रमणको सिलसिलामा सोमबार काठमाण्डौ आइपुग्नुभएको छ ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गर्नुहुनेछ । प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि रहेका छन् ।