हरितालिका तीजमा पूर्व राष्ट्रपति भण्डारीको शुभकामना

काठमाण्डौ ।  मौलिक धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीजको अबसरमा पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले शुभकामना ब्यक्त गर्नुभएको छ ।

पूर्व राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमा आज एक स्ट्याटस लेख्दै नेपाली संस्कृतिको अभिन्न अङ्गको रूपमा रहेको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीजको सुखद् अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला-संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमालाई सदा उच्च राख्न सबैमा आह्वान गर्नुभएको छ ।