
मोरङ र झापामा भारी वर्षा हुँदा नदी किनारमा बस्नेलाई सतर्क रहन आग्रह
काठमाण्डौ । मोरङ र झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । बहानैदेखिको भारी वर्षाका कारण पछिल्लो चार घण्टामा मोरङको लेटाङ, झापाको दमक, कन्काइ र अनारमनी बिरता वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम देखि भारी वर्षा भइरहेको छ ।
थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भइ बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकादे तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
गएरातिदेखि नै गोरखा, धादिङ, नुवाकोट, काठमाडौं, सुनसरी, मोरङ, झापा र आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।