सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । शुक्रबार तोलाको एक लाख ४१ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज  (आइतबार) बढेर तोलाको एक लाख ४२ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।