
उत्कृष्ट खेल्दाखेल्दै हार्याैँ, भविष्यमा राम्रो गर्नेछौँ : कप्तान रोहित पौडेल
एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकासँग नेपालले उत्कृष्ट खेल्दाखेल्दै हारेको बताउनुभएको छ ।
दक्षिण अफ्रिकासँग एक रनले हारेपछि भएको पत्रकार सम्मेलनमा रोहितले नेपाली टोलीले बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गरेकोमा आफूलाई गर्व लागेको पनि बताउनुभएको छ ।
आउँदा खेलमा नेपालले थप राम्रो प्रदर्शन गर्ने रोहितको भनाई छ ।
मैदानको पीचले स्पिनरलाई सफलता दिलाउने देखेर कुशल भुर्तेललाई चार ओभर बलिङ गराएको र यो रणनीति सफल भएको रोहितको भनाइ छ ।