कुवेतमा कामदार बस्ने ६ तले भवनमा आगलागी ः ४१ जनाको मृत्यु, भवनमा नेपाली पनि रहेको आशंका

काठमाण्डौ । दक्षिण कुवेतको मङ्गाफ सहरमा कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । आगलागीमा परी कयौँ घाइते भएका छन् ।

नेपाली राजदूत घनश्याम लम्सालका अनुसार घटनास्थलमा बुझ्नका लागि कुवेतस्थित नेपाली दूतावासका कन्सुलर सुजनी राना, श्रम सहचारी गिरीप्रसाद आचार्यसहित तीन जनालाई पठाइएको उहाँले बताउनु भयो ।

आगलागीको घटना स्थानीय समयअनुसार बुधबार बिहान ६ बजे भएको थियो । आगलागी नियन्त्रणमा आएपछि कुवेतका उपप्रधानमन्त्री शेख फहाद युसुफ साउद अल–सबाह घटनास्थल पुगेका थिए । उहाँले नै कम्तीमा ४१ जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।

घरजग्गा मालिकमाथि नियमको उल्लघन गरी भवन बनाएको आरोप लगाएका उपप्रधानमन्त्री अल–सबाहले बताउनुभएको हो।