
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, सात वर्षमा मनाङे छैटौँपटक मन्त्री
काठमाण्डौ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दै दुई मन्त्री थप गर्नुभएको छ । सोमबार विश्वासको मत लिएका उहाँले मंगलबार फ्लोर क्रस गरेका सांसदलाई मन्त्री नियुक्त गर्नुभएको हो ।
माओवादीको चुनाव चिह्न लिएर गोरखाबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी र मनाङ १,२ बाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्त हुनुभएको छ । थप दुई मन्त्रीसँगै गण्डकीमा मन्त्रिपरिषद् संख्या पाँच पुगेको छ । मनाङे छैटौँ र देवकोटा पहिलोपटक मन्त्री हुनुभएको हो । मनाङेको यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा उहाँ तीन र दोस्रो कार्यकालमा तीनपटक मन्त्री हुनुभएको थियो ।
मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने क्रममा आफ्नो पद जोखिममा राखेर फ्लोर क्रस गर्दै देवकोटाले मत दिएपछि सरकार जोगिएको थियो । नियुक्त दुई मन्त्रीले बुधबार शपथसँगै कार्यभार सम्हालेनु भएको छ । गत १६ जेठमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।
सोही दिन उनले विन्दुकुमार थापालाई सामाजिक विकास तथा स्वास्थ्यसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी गरी दुई मन्त्रालको जिम्मा दिनु भएको थियो । डा। टकराज गुरुङलाई आर्थिक मामिलामन्त्रीको जिम्मेवारी तोकनु भएको हो ।