
प्यूठानको झिमरुकमा तोकिएको समय अगाडि पुल निर्माण सकियो
प्यूठान । झिमरुक गाउँपालिकामा तोकिएको मितिभन्दा चार महिना अघि नै पुल निर्माण कार्य सम्पन्न भएको छ । गोब्दी खोला पुल निर्माणका लागि आँसुरजानकीरबजरंगी जे।भी।ले २०८० सालको असार १७ गते सम्झौता गरेको थियो ।
२० मिटर लम्बाई र १० मिटर चौडाइ रहेको पुल निर्माण सम्पन्न गर्न २०८१ असार १७ गतेसम्म रहेको थियो । तर कम्पनीले चार महिना अघि नै पुल निर्माण सम्पन्न गरेको हो । गएको फागुनमै पुल निर्माण सकेर गाडी चल्न थालेको तर अहिलेसम्म भुक्तानी भने नपाएको निर्माण व्यवसायी बालाजु श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठको कम्पनीले यसअघि पनि मल्लारानी गाउँपालिकामा तोकिएको समयभन्दा एक वर्ष अघि नै सिंचाइ कुलो र झिमरुक गाउँपालिकाको तुषारामा डेढ वर्ष पहिले काउले सिँचाइ कुलो निर्माण गरेको थियो ।