
भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको प्रधानन्यायाधीशको भनाई
काठमाण्डौ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै सामाजिक रुपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको बताउनुभएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले नेपालमा भएको न्यायिक सुधारका बारेमा जानकारी दिनुहुदै न्यायपालिकाको पाँचवर्षे रणनीतिक योजना तयारी भइरहेको जानकारी दिनुभयो ।
संविधानले प्रत्याभूत गरेका आधारभूत अधिकारलाई हनन हुन नदिन सर्वोच्च अदालतले महत्त्वपूर्ण निर्णय गरेको बताउनुहँुदै न्यायमा सबैको पहुँच सुनिश्चित गर्न कानुनी एवं संस्थागत संयन्त्र बनाएर काम भइरहेको प्रधानन्यायाधीश श्रेष्ठले उल्लेख गर्नुभयो । प्रधानन्यायाधीश श्रेष्ठ आफ्नो बङ्गलादेशी समकक्षी ओबाइदुल हसनको निमन्त्रणामा यही जेठ २४ देखि २७ गतेसम्म बङ्गलादेशको भ्रमणमा रहनुभयको छ ।