तनहुँको मत गणनासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुग्यो
काठमाण्डौ । तनहुँको व्यास नगरपालिकाको मत गणनासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ ।
उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि हालका नगर प्रमुख वैकुण्ठ न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हो । उहाँले बिहीबार दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ।
सर्वोच्चबाट अन्तिम निर्णय नभएसम्म उच्चको आदेशअनुसार पुनः मतगणना गरिए आफूलाई अपूरणीय क्षति हुने भन्दै उहाँले पहिलो सुनुवाइमै अन्तरिम आदेश दिनुपर्ने माग उहाँले गर्नुभएको छ ।
गत जेठ १ गते उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले व्यास नगरपालिकामा पुनःमतगणना हुने फैसला थियो।
निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको फैसलामा उल्लेख भएको हो ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले धाँधली भएकाले पुनः मतगणनाको माग गर्दै उच्च अदालत पोखरामा मुद्दा दर्ता गराएका थिए। दुई वर्षमा मुद्दा दर्ता भएको मात्रै उच्च अदालतले यस्तो फैसला गरेको थियो ।