प्रतिनिधिसभा बैठक : आज मन्त्रीहरुसँग सांसदहरूको प्रश्नोत्तर हुने
काठमाण्डौ । आज दिउँसो १ प्रतिनिधिसभाको बैठक बस्दै छ ।
आजको बैठकमा ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने संसद् सचिवालयले जनाएको छ ।
आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।