
विश्व वातावरण दिवसका अवसरमा मदन भण्डारी मेमोरियल कलेजले गर्यो वृहत सरसफाइ कार्यक्रम
काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले विश्व वातावरण दिवसका अवसर पारेर आज (बुधबार) सरसफाइ कार्यक्रमको आयोजना गरेको छ । कलेजअन्तर्गतकै अतिरिक्त क्रियकलाप विभागसँग सहकार्य गरेर कलेज परिसर, स्वयम्भुनाथ र त्यस आसपासको क्षेत्र सफा गरिएको हो ।
कलेजका प्रमुख डा.बाबुराम अधिकारीले वातावरणप्रति सबैजना तदारुकताका साथ अघि बढ्नुपर्ने बताउनुभयो । जलवायू परिवर्तनका असरले हिमालका हिउँ पग्लि रहेको अवस्थामा जनस्तरबाटै भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । वातावरण प्रदूषणका नकारात्मक प्रभावबाट जोगिन हामीले सरसफाइमा ध्यान दिनुपर्ने, नागरिक तथा विद्यार्थीहरु सजग हुनुपर्ने, जथाभावी फोहोर गर्ननहुने र वातावरण मैत्री वस्तुहरुको प्रयोग गर्नुपर्ने प्रमुख अधिकारीले जोड दिनुभयो ।
अतिरिक्त क्रियकलापका संयोजक मोहित कुमार गुरागाईँले कलेज प्रशासन, शिक्षक र सबै सहभागीहरूले राम्रो काम गरेको बाताउनुभयो ।
त्यसैगरी, अमित चौधरीको पहलमा विद्यार्थीहरुले स्वयम्भुनाथ क्षेत्रमा बर्ड वाटर फिडर पनि स्थापना गरेका थिए ।
हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यस वर्ष विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानमा केन्द्रित रहि देशैभर कार्यक्रम भएका हुन् ।