युक्रेनमा रुसको मिसाइल आक्रमण : १७ जना युक्रेनी नागरिकको ज्यान गयो
एजेन्सी । युक्रेनको व्यस्त सहर कोस्त्यान्तिनिभ्कामा रुसले मिसाइल आक्रमण गरेको छ ।
रुसले गरेको उक्त मिसाइल आक्रमणमा परि १७ जना युक्रेनी नागरिकको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा एक बालक समेत रहेका छन् । साथै घटनामा २८ जना घाइते भएका छन् ।
रुसले हिजो युक्रेनको व्यस्त सहर कोस्त्यान्तिनिभ्कामा मिसाइल आक्रमण गरेको राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बताउनुभएको बीबीसीले जनाएको छ ।
उहाँले यो आक्रमणलाई अमानवीय रहेको टिप्पणी गर्नुभएको छ । कोस्त्यान्तिनिभ्का सहर युक्रेनको पूर्वी भागमा रहेको दोनेत्स्क क्षेत्रमा पर्छ ।
दोनेत्स्कमा ७० हजार मानिसको बसोबास छ । रुसले पछिल्लो आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन ।