
भारतीय प्रधानमन्त्री मोदीको अनुसार एनडीए गठबन्धनले लगातार तेस्रो पटक सरकार बनाउने दाबी
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीए गठबन्धनले लगातार तेस्रो पटक सरकार बनाउने निश्चित भएको बताउनु भएको छ । लोकसभा चुनावमा भारतीय जनता पार्टी , भाजपा नेतृत्वको एनडीएले २ सय ९० को हाराहारीमा सिट ल्याउने देखिएसँगै प्रधानमन्त्री मोदीको प्रतिक्रिया आएको हो । हिजो बेलुका दिल्लीमा रहेको कार्यालय पुगेका मोदीले एनडीएको जित भएको दाबी गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।
निर्वाचन आयोगले कुशलताका साथ विश्वको सबैभन्दा ठुलो चुनाव सम्पन्न गरेको भन्दै उहाँले धन्यवाद पनि दिनुभयो । प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा चुनावमा वाराणासीबाट विजयी हुनुभएको हो । वाराणासीबाट यो उहाँको लगातार तेस्रो जित हो । मोदीले कांग्रेस उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतले पराजित गर्नुभएको हो ।