निजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुने

काठमाडौँ पूर्वअर्थमन्त्रीहरुले निजी क्षेत्रको मनोबल बढाए मात्र बजेट कार्यान्वयनमा सहज हुने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटीले आयोजना गरेको ‘आव २०८१–८२ माथिको छलफल’मा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट कार्यान्वयनका लागि निजी क्षेत्रको विश्वास जगाउनुपर्ने बताउनुभएको हो ।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका डा महतले तलब भत्ता, सामाजिक सुरक्षा र विदेशमा तिर्नुपर्ने ऋणका कारण नेपालको अर्थतन्त्र दबाबमा परेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रमा जाने पैसा सरकारले बैंकबाट आन्तरिक ऋण लिँदा उद्योग कलकारखाना सञ्चालन हुन नसक्ने र यसले प्रतिफल दिन नसक्ने स्पष्ट पार्नुभयो । राजश्व भनेजति उठाउन नसक्दा समस्या पर्ने उहाँको भनाइ छ ।

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले देशको विकासका लागि निजी क्षेत्रको मनोबल बढाउन जरुरी रहेको बताउनुभयो । “उहाँले निजी क्षेत्रको मनोबल बढाउनका लागि गर्नुपर्ने काम बजेटले गर्न सकेन”, डा खतिवडाले भन्नुभयो । गत वर्षहरुको तुलनामा यसवर्ष बजेट राम्रो आएको उहाँको भनाइ छ ।
इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले शिथिल अर्थतन्त्रका बीच बजेट आएको भन्दै यसलाई कार्यान्वयन गर्नका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो हो ।