सहकारीको बचत फिर्ताको विषय बजेटमा अस्पष्ट : बाँस्कोटा

काठमाण्डौ । नेकपा (एमाले)का सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने भनेको विषय नै अस्पष्ट रहेको बताउनुभएके छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा उहाँले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने विषय नीतिगत रूपमा नै स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

आउँदो आर्थिक वर्षको बजेटमा ‘बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका निम्ति समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाख रुपैयाँसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था मिलाइने’ उल्लेख छ ।