
पार्टीको महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुन्छ : झलनाथ खनाल
काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभएके छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो ।
महाधिवेशनबाट दस्ताबेज पारित गरिनुका साथै सकेसम्म सहमतिमै नेतृत्व चयन गरिने उहाँले उल्लेख गर्नुभयो । त्यसलाई रूपान्तरणकारी महाधिवेशनका रूपमा अघि बढाइने उहाँको भनाइ छ ।
उहाँले अहिले देशमा महँगी, भ्रष्टाचार र युवा विदेश पलायनको विकराल अवस्था रहेको बताउनुभयो । पुँजीवादी, सामाजिक, आर्थिक व्यवस्थालाई समाजवादी, सामाजिक, आर्थिक व्यवस्थामा रूपान्तरण गर्ने विन्दुसम्मको कार्यक्रम महाधिवेशनबाट पारित गरिने उहाँले जानकारी दिनुभयो ।
सम्मानित नेता खनालले महाधिवेशनले कम्युनिस्ट आन्दोलनलाई थप उचाइमा पुर्याउने दाबी समेत गर्नुभयो ।