![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/kepi-oli-.jpg)
नियममा बस्ने सहकारीमा कुनै समस्या छैन : एमाले अध्यक्ष ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठगहरू प्रवेश गरेका केही ठुला सहकारी सङ्कटग्रस्त भएको बताउनुभएको छ । एमाले जनसङ्गठन संयन्त्रद्वारा बुधवार आयोजित राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै नियममा बस्ने सहकारीमा कुनै समस्या नभएको बताउनुभयो ।
अध्यक्ष ओलीले महिलाले सबै क्षेत्रमा ३३ प्रतिशत आरक्षण पाए पनि सुखी हुन नसकेको बताउनुभयो । एमाले जुन सबल अवस्था पुगेको छ त्यसमा दिदीबहिनीको र नयाँ युवापिढीको असाधारण भूमिका रहेको ओलीले बताउनुभयो ।
अहिलेसम्म भएका आन्दोलनमा एमालेको नेतृत्व रहिरहेकाले, सामाजिक न्याय र अग्र भागमा एमाले सधैव उभिरहने उहाँको जिकिर थियो । महिला आन्दोलनभित्र विकृती पस्न दिनु नहुने र महिलाको भूमिकालाई निर्णायक तहमा विकास गरेर राष्ट्रिय शक्ति बनाउने घोषणा गर्नुभयो ।
अर्को एक सन्दर्भमा सहकारीमा ठगेर खानेहरूले त्यसलाई सङ्कटग्रस्त बनाएको आरोप लगाउनुभयो । उहाँले महिलाको यो भेलाबाट केही न केही केही नयाँ चिज प्राप्त गर्ने बताउनुभयो ।