![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-29-141754.png)
चिसापानीको बस दुर्घटनामा परि २३ जना घाइते
दाङको लमही कोइलाबास सडक खण्डअन्तर्गत चिसापानीमा बस दुर्घटना हुँदा २३ यात्रु घाइते भएका छन् ।
गढवा कोइलाबास सडक खण्डअन्तर्गत गढवा गाउँपालिका–८ चिसापानीमा बुधबार दिउँसो कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको रा १ ख ८३३ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भई दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभएको छ ।
प्रहरी निरीक्षक कार्कीका अनुसार घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल ल्याउने काम भइरहेको छ । उहाँका अनुसार घाइतेहरुको अवस्था समान्य रहेको छ ।
दुर्घटनाका घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए । प्रहरीले बस चालक ५५ वर्षीय जोखनप्रसाद चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जानकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभएको छ ।