बलात्कार आरोपमा थुनिएका चुडालको इन्कारी बयान

काठमाण्डौ । घरबेटीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कथित सामाजिक अभियन्ता रविरत्न चुँडालले इन्कारी बयान दिएका छन्।

उनले पीडित भनिएकी महिलालाई आफूले दिदी मानेर भाइटिकासमेत लगाएको बयान दिएका छन्। आफूले दिएको रकम फिर्ता नगर्ने बहानामा बलात्कारको आरोप लगाइएको उनको दाबी छ।

जाहेरवालाले भने चुँडालले आफूलाई विगत २ वर्षदेखि बलात्कार गर्दै आएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन्।