दुईवटा संसदीय समितिको बैठक बस्दै, बैठक बिहान ११ बजे बस्ने
काठमाण्डौ । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
शिक्षा समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ । त्यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
दुवै समितिको बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

