
रेमल चक्रवात पहिरोमा परी मिजोरममा २७ जनाको मृत्यु
एजेन्सी । भारतको मिजोरमको राजधानी आइजवलमा रेमल चक्रवाती आँधीका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो ।
मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेको छ । आइजवलमा चक्रवात रेमलका कारण गएको पहिरोमा २७ जनाको मृत्यु भएको छ । पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र विद्युत् आपूर्तिमा पनि असर पर्ने विभागले जिनाएको छ ।
मिजोरमका मुख्यमन्त्रीले राज्य विपद् कोषको लागि १५ करोड रुपैयाँ विनियोजन गरेका छन् । पहिरोमा परी ज्यान गुमाएका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ ।
चक्रवाती आँधी रेमलका कारण मिजोरममा भारी वर्षा र धेरै ठाउँमा बिजुलीका पोल र रूखहरू पनि ढलेको मिजोरमका प्रहरी महानिर्देशक (डीजीपी) अनिल शुक्लाले जानकारी दिएका छन् ।