
शिक्षा मन्त्रालयकाे बजेट २ खर्ब ३ अर्ब रुपैयाँ, २०८१ सालदेखि २०९१ सालसम्मलाई विज्ञान प्रविधि दशकको रूपमा कार्यान्वयन गर्ने
काठमाण्डाै । आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ खर्ब तीन अर्ब ६६ करोड रुपैयाँको बजेट पाएको छ ।
सरकारले २०८१ सालदेखि २०९१ सालसम्मलाई विज्ञान प्रविधि दशकको रूपमा कार्यान्वयन गर्ने भएको छ । बजेटमा सात वटै प्रदेशका १/१ वटा पालिकामा एकीकृत भान्साको अवधारणाअनुसार मेगा किचन स्थापना गरिने र कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु र डोल्पालगायत जिल्लामा दिँइदै आएको दिवा खाजाका लागि बजेट वृद्धि गरिएको उल्लेख छ ।
यस्तै सरकारले कक्षा १ देखि ५ सम्मको दिवा खाजामा स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने बताएको छ । सरकारले विदेशी विद्यार्थीलाई भिसामा सहजीकरण गर्ने भएको छ ।