![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-28-133810.png)
प्रतिनिधिसभाको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
काठमाण्डौ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकपछि पत्रकार सम्मेलन गर्ने भएको छ ।
प्रतिनिधि सभाको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको तर्फबाट संसद भवन परिसरमै पत्रकार सम्मेलन आयोजना गरेको उनका स्वकीय सचिव जनक भट्टले बताए । उनका अनुसार पत्रकार सम्मेलन ल्होत्से हल बानेश्वरमा हुनेछ ।
लामो रस्साकस्सीपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नै राखेर छानबिन समिति बनाउने अडानबाट कांग्रेस ब्याक भएको थियो।
अहिले गृहमन्त्री जोडिएको सहकारी र संस्थाको नाम राखेरै सहमति बनाउन तयार भएको छ । योसहित पछिल्ला समसामयिक विषयमा जानकारी गराउन कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो।