![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-26-133502.png)
संसदबाट नीति तथा कार्यक्रम पारित
काठमाडौं । प्रतिपक्षी दलहरूको निरन्तर अवरोधबीच प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१र८२ को सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।
सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग गरिरहेका कांग्रेस सांसद आज पनि नाराबाजीसहित रोष्टम घेर्न पुगेका थिए ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक मंगलबार १ बजेका लागि बोलाउनु भएको छ ।