कांग्रेसकाे अवराेधकै बीच प्रतिनिधि सभाकाे बैठक चल्दै

काठमाण्डाै ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधि सभाकाे बैठकमा अवराेध गरेकाे छ ।

आज बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक झन्डै एक घण्टापछि शुरु हुनेबित्तिकै नेपाली कांग्रेसका सांसदले बैठकमा अवराेध गरेका हुन् । अवराेधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारकाे आउँदाे आर्थिक वर्ष २०८१/८२ काे नीति तथा कार्यक्रममाथि छलफल शुरु गर्न प्रस्ताव पेश गर्नुभएकाे छ । आजकाे बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने कार्यसूची छ ।

यस्तै आजकाे बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच धकेलाधकेल भएकाे छ । कांग्रेसकाे अवराेधकै बीच सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षमान पुनलाई सरकारको आउँदाे वर्षको आर्थिक सर्वेक्षण पेश गर्न समय दिएपछि सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच धकेलाधकेल भएकाे हाे ।