काठमाण्डौका विभिन्न ठाउँमा भोलिदेखि पाँच दिन दैनिक ४ घण्टा बिजुली नआउने

काठमाण्डौ ।  काठमाण्डौका विभिन्न ठाउँमा भोलिदेखि पाँच दिन दैनिक ४ घण्टा बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्दअन्तर्गत विद्युतीय वितरण लाइन भूमिगत गर्ने भएकोले विद्युत अवरुद्ध हुने जनाएको छ ।

भोलि १३ गतेदेखि १८ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । भोलि साँखु बजार र छाउनी आर्मी अस्पताल क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

पर्सि १४ गते सुविधानगर, सिनामङ्गल र भिमसेनगोला क्षेत्र विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यस्तै १६ गते सोल्टी मोडदेखि कलङ्की क्षेत्र, १७ गते मैत्रीनगर र  ट्याङ्गलाफाँट क्षेत्र र १८ गते फिकल चोकदेखि बाबा चोकसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । त्यस्तै प्राधिकरणले मौसम प्रतिकूल रहेमा सटडाउन नहुने पनि जनाएको छ ।