मौसम खबर : कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

काठमाण्डौ ।  हाल गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ ।  साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनु भएको छ ।

साथै उहाँका अनुसार कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै आज राती भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन्र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।