सरकारले सम्झौता कार्यान्वयन नगरेपछि सहकारी पीडित फेरि आन्दोलनमा

काठमाण्डौ । सहकारी पीडितहरूले काठमाण्डौसहित विभिन्न शहर तथा जिल्लास्तरमा आन्दोलन शुरु गरेका छन् ।

बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै उनीहरूले तेस्रो चरणको आन्दोलन शुरु गरेका हुन् ।

शुक्रबार काठमाण्डौ उपत्यका, पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत विभिन्न जिल्लामा बिहान ११ बजेर ११ मिनेटमा एकै पटक आन्दोलन शुरु गरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घका अध्यक्ष कुशलव केसीले जानकारी दिनुभयो ।

सरकारले यसअघि पीडितहरूको बचत फिर्ताका लागि सम्झौता गरेको थियो । तर त्यो कार्यान्वयन नभएपछि बाध्य भएर पुनः आन्दोलनमा आउनुपरेको केसीले जानकारी दिनुभयो । यस्तै पीडितहरूले काठमाण्डौको माइतीघर मण्डलामा रिले अनशन पनि शुरु गरेका छन् ।