शेयर बजार परिसूचक नेप्से आज घट्यो

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से घटेको छ ।

आज (आइतबार) शेयर बजार परिसूचक नेप्से २९.८१ अंक घटेर १९६० अंकमा कायम भएको छ ।

आज सबै उपसमूहका सूचक घटेका छन् ।
बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य, व्यापार र उपसमूको शेयर घटेको छ । लिबर्टी इनर्जी र सिटी होटलको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ ।

आज सबैभन्दा धरै थ्रीस्टार हाइड्रोपावरको शेयर भने १० प्रतिशत बढ्यो भने सिक्लेस हाइड्रोपावरको ५ प्रतिशत बढ्यो ।
आज कुल १ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।