टिओआर टुंगो लगाउन बसेको कार्यदलको बैठकमा कांग्रेसको पुरानै अडान
काठमाण्डौ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक कांग्रेसले पुरानै अडान दोहोर्याएको छ ।
कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले आफूहरु गृहमन्त्रीकै नाम लेख्नुपर्ने अडानबाट पछि नहटेको बताउनुभयो । उहाँले छानबिन समितिमा गृहमन्त्रीको नाम किटान नभएसम्म आफूहरु नमान्ने अडान सुनाउनुभयो ।
कांग्रेस सहमहामन्त्री जीवन परियारले आज भएको छलफलमा उठेका कुराहरुबारे शीर्ष नेताहरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताउनुभयो ।