गत शुक्रबार स्थगित भएको कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुदै

काठमाण्डौ ।  गत शुक्रबार सुनुवाइ स्थगित भएको कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुदै छ ।

एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै रिट दायर गर्नुभएको थियो ।

गत शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आफ्नो इजलासमा परेको उक्त मुद्दाको सुनुवाइमा बस्न नमानेपछि सुनुवाइ स्थगित भएको थियो । रिटको पेशी आइतबारका लागि तोकिएको हो । जसअनुसार उक्त रिटमा आज सुनुवाइ हुने भएको हो ।

रिट निवेदनमा न्यायाधीश खतिवडाको इजलासबाट अन्तरिम आदेश भएकाले खतिवडाले गत शुक्रबार सुनुवाई गर्न मान्नुभएको थिएन ।सर्वोच्चले मूख्यमन्त्री थापालाई दीर्घकालीन असरका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।