५ अर्ब ६८ करोड रुपैयाँको कारोबार र शेयर बजार लगातार चौथो दिन दोहोरो अङ्कले बढ्यो
काठमाण्डौ । शेयर बजार लगातार चौथो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ५४ अङ्कले बढेर दुई हजार एक सय ३१ दशमलव ४९ विन्दुमा पुगेको छ ।
आज बैंकिङ, विकास बैंक, होटल र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज सामुदायिक लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको र समग्रमा बजार बढेको दिन मानुषी लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ ।