सरकार धेरै नचल्ने निष्कर्षमा प्रचण्ड पुगिसकेको एमाले अध्यक्ष ओलीको भनाई
काठमाण्डौ । सरकार धेरै नचल्ने निष्कर्षमा प्रचण्ड पुगसिकेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।
एमाले प्रदेश अधिवेशन उद्घाटन समारोहलाई आज (शनिवार) बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार धेरै नचल्ने निष्कर्षमा प्रचण्ड पुगसिकेपनि एमालेलेलाई सरकारमा जाने हतारो नभएको बताउनुभएको हो ।
उहाँले एमाले सरकारमा जनाका लागि मात्रै केन्द्रित नभएको बताउनुभएको छ । उहाँले एमालेका विरूद्धमा भ्रम छर्ने काम भइरहेको बताउँदै एमाले भ्रष्टाचार गर्न नभई जनताको काम गर्न सरकारमा जाने पार्टी भएको बताउनुभयो ।
एमालेले मुलुकबाट गरिबी उन्मुलन गर्दै समृद्ध नेपाली बनाउने अभियान लिएर हिँडेको भन्दै उहाँले एमालेले चुनावदेखि चुनाव र सरकारमात्रै नताक्ने बताउनुभयो ।
०५१ सालको सरकारदेखि एमालेले नेतृत्वको पछिल्लो सरकारले देश विकासमा महत्त्वपूर्ण कार्य गरेको समेत बताउनु भएको छ । उहाँले त्यस्ता सरकारलाई गिराउन प्रतिक्रियावादीहरू सक्रिय रहेको बताउनुभयो ।
नेपाल अब पछाडि परिराख्न नहुने बताउदै उहाँले प्राकृतिक स्रोत, खनिजको उपयोग बढाई युवाहरूलाई स्वदेशमै रोजगारीमा लगाउनुपर्ने उहाँको भनाइ छ । अहिलेको सरकार तस्करमा केन्द्रिकृत रहेको भन्दै राजश्व झन् घट्दै जाने उहाँले बताउनुभयो ।
उहाँले यति, ओम्नी र बाईवडी सहितका विषयमा छानविन गरेर देखाउन चुनौती दिनुभयो ।