कान्तिपुर कार्यालयबाटै कैलाश सिरोहिया पक्राउ
काठमाण्डौ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले सिरोहियालाई पक्राउ गरेको हो । दोहोरो नागरिकतासम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न आज बिहान प्रहरीलाई अनुमति दिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुर कार्यालयमै पुगेर उहाँलाई पक्राउ गरेको हो । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिनु भएको थियो ।