नाराबाजी र बेल घेराउबिच संसदमा धन्यवादको प्रस्ताव पारित
काठमाण्डौ । प्रतिनिधिसभाको मङ्गलवार को बैठक पनि काँग्रेसले अवरोध गरेको छ । अवरोध र नाराबाजीका बिच नै प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति कार्यक्रम टेबुल हुनुका साथै बहुमतले राष्ट्रपतिले गरेको संशोधन प्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।
नाराबजीसंगै प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीलाई रोष्टममा जानाबाट रोक्ने प्रयास गरेका थिए । तर मर्यादापालकको सुरक्षाका कारण उहाँ रोष्टममा पुग्नु भएको थियो।
सभामुख देवराज घिमिरेले सरकारको नीति कार्यक्रम छलफलका लागि जेठ ११ गते तोक्नु भएको छ । त्यसैगरी नीति कार्यक्रममा संशोधन गर्न चाहने सदस्यका लागि जेठ नौ गते तोक्नु भएको छ ।
त्यसैगरी उद्योग मन्त्री दामोदर भण्डारीले लगानीको सहजीकरण सम्बन्धी अध्यादेश अनुमोदनका लागि पेस गर्नुभएको थियो । उप तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी जारी भएको अध्यादेश फिर्ता लिएको प्रस्ताव पेस गर्नुभएको थियो ।