![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-21-125349.png)
पार्टी विभाजनविरुद्ध उपेन्द्रको रिटउपर सुनुवाइ हुदै
काठमाडौं । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै उपेन्द्रले दायर गरेको रिटउपर सर्वोच्च अदालतमा आज सुनुवाइ हुदै छ ।
उक्त मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र अब्दुल अजीज मुसलमानकोमा पेसी परेको छ । हिजो पनि न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो ।
जेठ २ गते न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै हिजो छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो । यादवले निष्क्रिय भइसकेको कानूनलाई टेकेर पार्टी फुटाएको भन्दै अहिले आयोगले थालेको सनाखत प्रक्रिया पनि यथास्थितिमा राख्न माग गनुभएको छ ।
यता प्रधानमन्त्रीको विश्वासको मत रोक्न पनि यादवले रिट हाल्नुभएको थिए । उक्त रिटउपर अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने हिजै विश्वासको मत पाउनुभएको छ ।