मौसम खबर : आजदेखि केही ठाउँमा हल्ला देखि ठूलो पानी पर्ने

काठमाण्डौ । नेपालमा अहिले बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत हल्का प्रभाव रहेको छ ।

अहिले लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर अझै केही दिन देशभरी ठूलो र लगातार पानी पर्ने सम्भावना नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजदेखि केही ठाउँमा पानी पर्ने तर देशभर ठूलो र लगातार पानी पर्ने सम्भावना भने नभएको मौसमविद् गंगा नगरकोटीले बताउनु भएको छ ।

आज दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँको छ ।
यस्तै कोशी, मधेस र बाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

आज राति भने मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको नगरकोटीले बताउनु भएको छ ।

पश्चिमको तुलनामा मध्य र पूर्वी क्षेत्रमा मौसम धेरै बदली भइरहेको र पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।