रविले बोलेलगत्तै कांग्रेस सांसदहरु उठे, प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा वैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै कांग्रेस सांसदहरुले फेरि सांसद अवरोध गरेका छन् ।

रविले बोल्दा आआफ्नो आसनमा बसेका कांग्रस संसदहरु फेरि आसनबाट उठेका हुन् ।

सभामुख देवराज घिमिरेले आजका सबै कार्यसूचीहरु खारेज गरिएको बताउनु भयो ।  अर्को बैठक जेठ ७ गते बस्ने छ ।