एमाले महासचिवको टोली शनिवार चीन जाँदै
काठमाण्डौ । नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधि मण्डल चीन भ्रमणमा जाने भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोली गोञ्जाउ हुँदै चीनको राजधानी बेइजिङ जाने भएको हो ।
१२ दिने भ्रमणका लागि शनिबार राति त्यसतर्फ प्रस्थान गर्न लागेको एमाले जनाएको छ । भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ ।
भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ । भेटमा नेपाल र चीनको द्धिपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा एमाले र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने एमालेले बताएको छ ।
भ्रमण टोलीमा महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम, पोलिटब्युरो सदस्य प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साह, केन्द्रीय सदस्य कोशी प्रदेशसभा सदस्य रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ टुकाभद्र हमाल
केन्द्रीय सदस्य सहदेव बोगटी, निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य अजयकुमार गुप्ता, रचना खड्का, भगवती थापा क्षेत्री, कपिलदेव पोखरेल, केन्द्रीय सदस्य प्रतिनिधिसभा सदस्य मानवीर राई, महासचिव, जिफन्ट लक्ष्मणकुमार शर्मा, अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी पिताम्बर भूषाल, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल क्षितिज थेवे, अध्यक्ष, अनेरास्ववियु समिककुमार बडाल, सदस्य, परराष्ट्र मामिला विभाग गोपाल खनाल,प्रदेश कमिटी सदस्य उपमेयर घोराही उपमहानगरपालिका हुमाकुमारी डीसी, त्यस्तै सचिवालय राजेश राई र सरोजकुमार रेग्मी रहनु भएको छ ।