ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि नियमित हुँदै

काठमाण्डौ ।  ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि नियमित हुँदैछ ।

ओकुबहालबाट लगनखेलसम्म तान्ने क्रममा रथ ढल्किएपछि ललितपुर गुठी संस्थानले हिजो एकदिन रथयात्रा रोकेर रथ मर्मत गरेको थियो । मर्मतको काम सकिएकाले आजदेखि रथयात्रा नियमित हुन लागेको रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले जानकारी दिनुभयो । उहाँकाअनुसार आज दिउँसो ४ बजे थपाहितीबाट रथ मात्र तान्न शुरु हुनेछ ।

अघिल्लो शनिवार पुल्चोकबाट रथ तान्न शुरु भएको हो । अहिलेसम्म रथलाई गाबहाल, महापाल, मङ्गलबजार,  सुन्धारा, ओकुबहाल हुँदै थपाहितिसम्म तानिएको छ । अब थपाहितिबाट रथ तानेर लगनखेल, इटिटोल, जावलाखेलसम्म पु¥याउन बाँकी छ । रथलाई जावलाखेलमा पु¥याएर भोटो देखाएपछि जात्रा समापन हुन्छ ।