![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Samakalin-Gosthi.jpg)
समकालीन संस्कृति र युवा विषयक सङ्गोष्ठी कार्यक्रम सम्पन्न
काठमाण्डौ । ३१औं मदन आश्रित स्मृति दिवसको अवसरमा समकालीन संस्कृति र युवा विषयक सङ्गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । आज (शुक्रबार) नेपाल बुद्घिजीवी परिषद (भाषा, कला, साहित्य तथा संस्कृति अध्ययन केन्द्र) र मदन भण्डारी मेमोरियल कलेजको संयुक्त आयोजनामा अनामनगरस्थित तमु बौद्ध समितिहलमा कार्यक्रम भएको हो ।
मदन भण्डारी कलेजका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले युवाहरुलाई प्रयोगात्मक ज्ञानमा बढि जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । घोकन्ते विद्यालाई विस्थापन गरेर विद्यार्थीहरुलाई तथ्यात्मक एवम, विश्लेषणात्मक ज्ञान दिनुपर्नमा जोड दिनुभयो ।
त्यस्तै चीनको सांस्कृतिक का्रन्तिबाट हामीले सहि तरिकाले अघि बढ्न नसके विकृति निम्त्याउने उहाँले बताउँनुभयो । यस्ता विषयलाई पनि पाठ्यक्रममा समावेश गर्नुपर्न अध्यक्ष पाण्डेको तर्क छ । उहाँ भन्नुहुन्छ, “विद्यार्थीहरु विद्रोही स्वभावको भन्दापनि तार्किक एवम अनुशासित हुनुपर्छ ।”
मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले संस्कृतिहरुको विविधता सुन्दर रहेको बताउनुभयो । जीवन पद्घति पनि संस्कृतिको मुख्य आधार रहेकाले युवा पुस्ताहरुले आफ्नो जीवन पद्धति सकारात्मक तरिकाले अगाडि बनाउनुपर्ने बताउनुभयो । संस्कृतिले शैक्षिक ज्ञान राजनीतिक चेतनालाई जोड्ने उहाँको धारणा छ । राजनीतिक चेतनालाई मूल नीति र गोरेटोकारुपमा लिनुपर्न र शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारकारुपमा लिन उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल बुद्धिजिवी, परिषदका उपाध्यक्ष, विधान आर्चायले आफ्नो मस्तिष्कमा बाहिरी कुराभन्दा पनि ज्ञानवर्दक कुराहरु राख्नुपर्ने बताउनुभयो । उहाँको अनुसार सबैजना अर्गानिक बने त्यहि अगार्निकताबाट राष्ट्रको लागि केही गर्न सकिन्छ ।
त्यसैगरी युवा सोधार्थी माधव ढुङ्गेलले समकनलीन संस्कृति र युवा विषयमा आफ्ना विचारधारा तथा भोगाको बारेमा विमर्श गर्नुभएको थियो । उहाँले परिवर्तन गर्न वा ल्याउन व्यवस्था नभएर दिमागी सोचमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । नेपालको पहिचान नै सगरमाथा, गौतम बुद्ध, सांस्कतिक धरोहर र राष्ट्रियता भएकाले त्यसलाई गर्व गर्नुपर्ने उहाँको जिकिर थियो ।
आजको कार्यक्रममा नेपाल बुद्धिजिवी, परिषदका महासचिव गजेन्द्र थपलिया, कलेजका अन्य सदस्यलगायत विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो ।