विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग `वार्मअप´ खेल खेल्ने

काठमाण्डौ । आईसिसी टी–२० विश्वकपअघि नेपालले खेल्ने  वार्मअप खेलको तालिका सार्वजनिक भएको छ ।

नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र क्यानडासँग वार्मअप खेल खेल्ने भएको हो । नेपालले दुवै खेल टेक्सासमा रहेको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा खेल्नेछ ।

नेपालले २७ मे अर्थात जेठ १४ गते  क्यानडासँग  खेल्नेछ । यस्तै मे ३०, जेठ १७ गते  अमेरिकासँग खेल्ने तय भएको छ । नेपालले यही मैदानमा नेदरल्याण्ड्ससँग विश्वकपअन्तर्गतको खेलसमेत खेल्दैछ । यसैबीच, विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोजसँग हिजो भएको दोस्रो अभ्यास खेल पनि जितेको छ ।

पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । नेपालले यही टोलीसँग भोलि तेस्रो तथा अन्तिम  अभ्यास खेल खेल्नेछ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा नेपालले विश्वकपको दुई खेल खेल्दैछ ।