आजको मौसम : पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने

काठमाण्डौ । केही दिनदेखि मनसुनी गतिविधि धेरै सक्रिय नहुँदा देशमा भारी वर्षा भएको छैन । देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा मात्रै भइरहेको छ ।

आज बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

नदीको जल सतह बढ्ने तथा बाढी, पहिरो, भू-क्षयजस्ता प्रकोप हुनसक्ने स्थानमा विभागले सतर्क रहन आग्रह गरेको छ ।