ललितपुर मेयर्स कप लिग चरणमा एपिएफ अपराजित

काठमाडौँ । विभागीय टोली नेपाल एपिएफ क्लबले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत राउन्ड रोविन लिगको सबै खेल जित्दै अपराजित रहेको छ।

एक खेल्न बाँकी रहँदै फाइनलमा पुगिसकेको एपिएफले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज आफ्नो चौथो खेलमा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्‍यो हो ।

जितका लागि सुदूरपश्चिमले दिएको ११२ रनको लक्ष्य एपिएफले १९ ओभर ४ बलमा पूरा गरेको थियो।

एपिएफका लागि ममता चौधरीले ३२ रन बनाइन । रोमा थापाले २३, सरिता मगरले १९ र राजमति ऐरीले ११ रन बनाए।

बलिङमा सुदूरपश्चिमका लक्ष्मी साउदले २ तथा जानकी थला, कविता जोशी, ऋतु कनोउजिया, स्नेहा महरा र विन्दु रावलले समान १, १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १११ रन बनाएको थियो। सुदूरपश्चिमका लागि कप्तान विन्दु रावलले सर्वाधिक ३६ रन बनाइन् । रुबी पोडार र कविता जोशीले समान २९, २९ रन बनाए ।

बलिङमा एपिएफकी रेखा रावल र इन्दु वर्माले समान १, १ विकेट लिए। जितसँगै एपिएफको ४ खेलबाट ८ अङ्क भएको छ। पराजित सुदूरपश्चिमको ३ खेलबाट ४ अङ्क छ।