मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आयो
काठमाण्डौ । पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको नाम्सी पुल नजिकै बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । केहीबेर अघि एकतर्फी सञ्चालनमा आएको सडक पहिरो पन्छाएपछि दुईतर्फी नै खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हो ।
यसअघि पनि नाम्सी पुल नजिकै पहिरो खस्दा पटक–पटक सडक अवरुद्ध हुँदै आएको थियो । गएको शनिवार पनि सोही क्षेत्रमा पहिरो खसेको थियो भने गएको ५ र ७ गते पनि पहिरो गएको थियो ।
पहिरोका कारण काठमाण्डौसँग जोडिएको यो मुख्य सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य छन् ।