‘सापारु पर्व’ को अवसरमा भोलि काठमाण्डौ महानगरपालिकामा सार्वजनिक बिदा
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले भोलि (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । ‘सापारु पर्व’ अर्थात् गाईजात्रा र रोपाइँ जात्राका लागि भोलि सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सूचना निकालेर भोलि सापारू र रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख गर्नु भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनै पूर्णिमा र गाईजात्रा आज एकै दिन परेको बताए पनि केही पालिका र सांस्कृतिक संस्थाले जनैपूर्णिमा र गाईजात्रा फरक–फरक दिन मनाउने निर्णय गरेका छन् ।
जनैपूर्णिमा र गाईजात्राका अवसरमा आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ भने काठमाण्डौ महानगरपालिकाले भोलि बिदा दिएको सूचनामा उल्लेख छ ।