प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक पनि अवरोध गरेको छ । मंगलबार साँझ ६ बजे बसेको प्रतिनिधि सभाको बैठक कांग्रेसले अवरोध गरेको हो ।
कांग्रेस सांसदहरूले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।
राष्ट्रपतिलाई धन्यवाद दिन राष्ट्रिय सभा बैठक बसेको उक्त बैठक कांग्रेसले अवरोध गरेको छ ।
कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले बैठक ३ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गर्नुभएको हो । कांग्रेसप्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित