मौसममा परिवर्तन हुने , चट्याङ्गका साथै वर्षाको सम्भावना
काठमाण्डौ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभावपका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा चट्याङ्ग÷हावा हुरीसहित हल्का वर्षा हुने र देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्ग हुनुका साथै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले सुचना दिएको छ ।