लगातारको वर्षाका कारण खेल रद्द, बाहिरियो गुजरात
एजेन्सी । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको छ ।
गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण बराबर अंक १–१ बाँडेका छन् । यस नतिजा पछि भने गुजरात आईपीएलबाट बाहिरिएको छ । लगातार दुई सिजन फाइनलमा पुगेको टोली यसपटक भने प्लेअफ नपुग्दै यात्रा राकिएको छ ।
कोलकत्ताको भने शीर्ष दुईमा रहेर प्लेअफ पुग्ने पक्का भएको छ । गुजरातको १३ खेलमा ११ अंक रहेको छ भने कोलकत्ताको १३ खेलमा १९ अंक रहेको छ । कोलकत्ता पहिलो क्वालिफायरमा फाइनल प्रवेशका लागि खेल्ने छ ।
आईपिएलमा मंगलवार दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्स भिड्ने छन् ।
दिल्लीको १३ खेलमा १२ अंक र लखनउको १२ खेलमा १२ अंक रहेको छ । दुवै टोलीको प्लेअफ खेल्ने सम्भावना अझै रहेको छ ।